पोखरा १६ बाटुलेचौर स्थित श्री विन्ध्यावासिनी माध्यमिक विद्यालयको हिरक जयन्ती भव्यताका साथ मनाउइने भएको छ । शैक्षिक महोत्सवको रुपमा मनाइने हिरक जयन्ती भव्यतामा साथ सम्पन्न गर्नका लागि थालिएको आवश्यक तयारी अन्तिम चरणमा पुगेको विद्यालयले जनाएको छ ।
वि.स २००४ सालमा स्थापित सो विद्यालयले शैक्षिक यात्राको ७५ वर्ष लामो विरासत र हालसम्मको संघर्ष, चुनौती र अवसरलाई समेटेर हिरक जयन्ती मनाउन लागेको हिरक जयन्ती मूल आयोजक समितिका अध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले जानकारी दिईन् ।
उनका अनुसार यहि पुष २५,२६ र २७ गते हिरक जयन्ती उद्घाटन गरिने र चैत्र मसान्त भित्र विभिन्न कार्यक्रमका साथ समापन गरिनेछ । सो क्रममा प्रभातफेरी, खुल्ला रक्तदान पनि गरिने छ । हिरक जयन्तीको औपचारिक उद्धघाटन भने पुष २७ गते नेपाल सरकारका शिक्षा मन्त्री देवेन्द्र पौडेलले गर्ने कार्यक्रम रहेको छ ।
महिने हिरक जयन्ती विशेष कार्यक्रममा, विद्यार्थीहरु बीच विभिन्न प्रतिस्पर्धा, महानगर स्तरीय सामुदायिक विद्यालयका बीच वक्तृत्वकला प्रतियोगिता, खुल्ला दौडमा नृत्य प्रतियोगिता देखि वडा नं.१६ भित्र रहेका आमा समूह र १६ नम्बर वडा भित्रका क्लब संघ संस्था बीच विभिन्न प्रतिस्पर्धात्मक खेलकुद कार्यक्रम गरिनेछन् ।
हिरक जयन्ती सम्पन्न गर्न मूल आयोजक समारोह समिति सहित विभिन्न २९ उपसमितिहरु गठन गरिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार