गण्डकी प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १३९ जना रहेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो समय कोरोना भाइरसका संक्रमितहरुको संख्यामा तुलनात्मक रुपमा कमी आएको छ । उनिहरु मध्ये १२३ जना होम आइसोलेसनमा रहेका छन् ।
विवरण अनुसार कास्कीमा सवैभन्दा धेरै १०६ जना रहेका छन् भने, नवलपुरमा ११ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै स्याङ्जामा २, तनहुँमा ४ जना, बाग्लुङमा ७ जना, पर्वतमा ३, लमजुङमा ४ जना र म्याग्दीमा २ जना संक्रमित रहेका छन् । प्रदेशका तीन जिल्ला मनाङ, मुस्ताङ र गोरखा संक्रमण मुक्त भएका छन् ।
हाल गण्डकीमा १३९ जना सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ । कोरोना भाइरसको संक्रमणका कारण हालसम्म १ हजार ४२७ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार