कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचाररत संक्रमितहरु मध्ये २ जनाको मृत्यु भएको हो । यसैबिच यसअवधिमा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुयिट भएको छ ।
यसअवधिमा २०९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४ हजार ९७१ जना सक्रिय संक्रमितहरु रहेका छन् । हालसम्म २ करोड ४६ लाख १४ हजार ४३६ मात्रा कोरोना विरुद्धको खोप प्रदान गरिएको सरकारले जनाएको छ ।




