गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा कास्कीका १३ जना सहित १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
कास्कीका १३ जना, लमजुङका २ र पर्वतका १ जना गरि १६ जनामा संक्रमण पुष्टि भएको हो । यस अवधिमा २६ जना संक्रमण मुक्त भएका छन् ।




