देशभर २७१ जना कोरोना भाइरसका संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा थप २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यसअवधिमा एक जना संक्रमितको मृत्यु भएको छ भने, २२५ जना संक्रमण मुक्त भएका छन् । ५ लाख ६८ हजार बढिलाई खोप लगाईएको छ । विवरण अनुसार हाल नेपालमा १ करोड बढिले कोरोना विरुद्धको खोपको पुर्ण मात्रा लगाएका छन् ।
हाल नेपालमा ४ हजार ९३१ जना सक्रिय संक्रमितहरु रहेका छन् ।




