नेकपा एमालेका महासचिव शंकर पोखरेलले वामपन्थि आन्दोलनले बाटो विराएको बताएका छन् । नेताहरुको बिचको अन्तरकलहले नेपालको वामपन्थि आन्दोलन कमजोर बन्दै गएको महासचिव पोखरेलले बताए ।
नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेसनमा शुभकामना दिदैँ उनले व्यक्तिगत स्वार्थका कारण एकता विभाजनमा पुगेको बताए । नेपालका दलहरु राष्ट्रियताको सवालमा एक हुनुपर्नेमा उनले जोड दिए ।
नियन्त्रीत अस्थितरताको खतराबाट सचेत हुनुपर्ने उनले बताए । आर्थिक र समाजिक मुद्धामा एक हुन आवश्यक रहेको महासचिव पोखरेलले बताए । उनले जनतामा जाने कुरा प्रतिगमन नहुने बताए ।




