जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले संविधानको संसोधन र परिमार्जन आवश्यक रहेको बताएका छन् । नेकपा एमाले प्रति उनले संसद अवरुद्ध गरेर कुनै कुराको उपलब्धि नहुने भन्दै संसदलाई आफ्नो काम गर्न दिन आग्रह समेत गरे । संघिय लोकतान्त्रीक गणतन्त्रको विकल्प नहरेको उनले बताए ,
संघियता, गणतन्त्र र धर्मनिरपेक्षता लगायतका महत्वपुर्ण उपलब्धिहरु गुम्ने खतरा कायमै रहेको उनले उल्लेख गरे । विगतमा भएका कमिकमजोरी र गल्तिहरु जनताले अनुभुति गर्ने गरि सच्चाएर अगाडी बढ्नु पर्ने बताए ।
साथै उनले वर्ग र वर्ण विभेद कायमै रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय सम्मेलनलाई शुभकामना दिदै उनले यि विभेदहरुको समुल अन्त्य नभएसम्म राष्ट्रिय एकता बलियो हुन नसक्ने बताए ।




