नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेको सुर्य चिन्हमा ग्रहण लागिसकेको बताएका छन् । प्रदेश नं.१ को सल्यानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट विचारबाट भागेका केपी ओली नेतृत्वको नेकपा एमाले विचार विहिन भैसकेको बताए ।
एमाले निरंकुस पार्टी भएको उनले टिप्पणी गरे । एमालेका अध्यक्ष केपी ओली सरकारमा हुदाँ सत्ताको दुरुपयोग गरेको, भ्रष्टाचारमा डुबेको, पार्टी कार्यकर्तालाई अन्याय गरेको र जनतालाई धोका दिएको अध्यक्ष नेपालले आरोप लगाए । एमाले पार्टी काम नालग्ने भैसकेपछि आफुहरुले विद्रोग गर्नुपरेको नेपालले बताए ।
अध्यक्ष नेपालले केपी ओली पार्टीलाई ठिक ढंगले नचलाउने, व्यक्तिवादी अहंकारी भएर कम्युनिष्टको छाला मात्र ओढेको व्यक्तिका रुपमा टिप्पणी गरे ।




