टिभिएस रेडर सप्तरंग–३’ आज पोखरामा हुदैछ । पोखराको अमरसिंह मैदानमा हुने उक्त कार्यक्रममा देशका आधा दर्जनभन्दा बढी ख्यातिप्राप्त कलाकारले प्रस्तुति दिनेछन् । नेपाल समुदाय प्रहरी साझेदारी कार्यक्रमसँगको सहकार्यमा भइरहेको उक्त कार्यक्रमको तयारी पूरा भइसकेको स्थानीय आयोजक बार्दली मिडियाले जनाएको छ ।
सप्तरंगमा अभिनेता राजेश हमाल, गायक रामकृष्ण ढकाल, रामकृष्ण ढकाल, प्रमोद खरेल, बद्री पंगेनी, मिलन नेवार, अनिल सिंह, अस्मिता अधिकारी, सन्दीप क्षेत्रीको प्रस्तुति रहनेछ । मंसिर २४ देखि देश दौडाहामा निस्केको सप्तरंग टोली विभिन्न प्रदेशमा प्रस्तुति सकेसँगै पोखरा आउन लागेको हो ।
पोखराको प्रस्तुतिसँगै तेस्रो संस्करणको समापन गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार