राप्रापाका संस्थापक अध्यक्ष लोकेन्द्र बहादुर चन्दले पार्टीमा त्याग र सर्मपणको आवश्यकता रहेको बताएका छन् ।
उनले आफुहरुले सर्वसहमतिका लागि अथक प्रयास गरेको भएपनि परिणाम निस्कन नसकेको बताए । पार्टीमा सहमति र सहकार्यको आवश्यकता रहेको भन्दै पशुपति शमसेर राणा र प्रकाशचन्द्र लोहोनीले पार्टीका लागि त्याग गरेको उनले बताए ।
मुलुकमा अन्यायले न्यायलाई दवाएको उनले बताए । सहिलाई गलतले, प्रपोगाण्डाले सत्यलाई छोपेको उनले बताए । कम्युनिष्टका कारण मुलुकले दुख पाएको उनले बताए ।
आफ्ना संकल्पहरु प्रति इमान्दार बन्न उनले आग्रह समेत गरे । राजा र हिन्दु राष्ट्रको पुर्नस्थापना हुनुपर्नेमा उनले जोड दिए ।




