नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटाएर एकता महाधिवेसनको नाम भजाउने केपी ओली प्रति झटारो हानेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको एकता महाधिवेसनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीको नाम नै नलिई राप्रपाले उनले जस्तो झुटो काम नगरेको बताए ।
राप्रपाले व्यवहारमा जे गर्यो त्यहि गरेर नेता र कार्यकर्ताहरुको भावनालाई सम्मान गरेको उनले बताए ।




