नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभर पार्टीका १० लाख संगठित कार्यकर्ता रहेको सोझो अनुमान गर्न सकिने बताएका छन् । तर, यसको यकिन विवरणका लागि सदस्यता नविकरणको अन्तिम नतिजा हेर्नुपर्ने उनले बताए ।
अहिले समाजवादी क्रान्तीको तयारी गर्ने पार्टीको मुल कार्यदिशा रहेको उनले बताए । यसका लागि तयार रहन उनले नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । विगतमा पार्टी एकिकरणताका वेईमानहरुका कारण धोखा बेहोर्नु परेको उनले बताए ।
सामाजिक न्यायसहितको विकासको मोडेल अनुसारको समाजवाद निर्माणको अभियानमा एकिकृत हुन उनले पार्टी नेता तथा कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।




