नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको दशौँ महाधिवेसनमा अध्यक्षका पदका लागि उमेद्वारी घोषणा गरेका छन् ।
रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरि रावलले अध्यक्ष पदका लागि उमेद्वारी घोषणा गरेका हुन् । उनको उमेद्वारी संगै सर्वसम्मत अध्यक्ष बन्ने केपी ओलीको योजनामा गम्भिर धक्का लागेको छ ।
रावलले थापाथलीस्थित पार्टी कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेको भएपनि ठाउँ नपाएको गुनासो गरे ।




