निरन्तर आन्दोलनमा रहेका कानुन व्यवसायीहरुले प्रधानन्यायाधिस चोलेन्द्र शमशेर राणाको राजिनामा माग गर्दै सर्वोच्च परिसरमा विरोध प्रदर्शन गरिरहेका छन् । चर्को विरोधका बिच अदालत प्रवेश गरिरहेका प्रधानन्यायाधिस राणाका कारण अदालत अपवित्र भएको भन्दै उनिहरुले तत्काल पदबाट राजिनामा दिन माग गरेका हुन् ।
उनिहरुले न्यायीक अराजकताको प्रतिकका रुपमा स्थापित राणालाई अदालतको रेसबाट बाहिरिन अनुरोध गरेका छन् । चोर जस्तै गरि चोरबाटोबाट अदालत प्रवेश गरेर रमिता नगर्न समेत उनिहरुले चेतावनी दिएका छन् ।
नैतिकता र अदालतको सम्मान गर्दै तत्काल पदबाट राजिनामा दिन राणालाई उनिहरुको आग्रह छ । अन्यथा कानुन व्यवसायीहरुको सामना गर्न र न्यायीक सर्वोच्चताको सम्मान गर्न उनिहरुको चेतावनी छ । प्रधानन्यायाधिससंग कुनै पनि न्यायाधिस सहकार्य गर्न र कुनै पनि कानुन व्यवसायी उनको अगाडी बहस गर्न तयार नरहेको कानुन व्यवसायीहरुले चेतावनी दिए ।
नेपालको न्याय प्रणाली माथी आक्रमण गरि ध्वस्त र प्रदुषित पारेको भन्दै प्रधानन्यायाधिस राणाका लागि अदालतको ढोका बन्द भैसकेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार