आज नेपालीहरुको महान चाड विजया दशमी देवी दुर्गा भवानकिो प्रसाद टीका र जमरा लगाइ हर्षोल्लासपूर्वक मनाइंदै छ ।
आश्विन शुक्लपक्षको प्रतितपदाका दिनदेखि दसैंघरमा देवी भवानीका आव्हान गरी शुरु गरिएकोे विशेष पूजाआजा आज विधिपूर्वक विसर्जन गरिन्छ ।
यसपछि नवदुर्गा भवानीको प्रतीक पूर्णघडाको जलअभिषेक गरी घरघरमा ठूलाबडा तथा मान्यजनबाट देवीको प्रसाद टीका र जमरा लगाई आशीर्वाद थापिन्छ ।

आज विजया दशमीको टीका लगाउने शुभ साइत बिहान १० बजेर २ मिनेट जांदा उत्तम रहेको नेपाल पञ्चाग निर्णायक समितिले जनाएको छ । दसैंको टिका रातिसम्म जतिबेला लगाए पनि हुनेछ ।
यस्तै आजै बिहान ७ बजेर १ मिनेटमा तुलजाभवानीको यात्रा, बिहान ८ बजेर १९ मिनेटमा देवि बिर्सजन र बिहान ८ बजेर ३२ मिनेटमा स्थिरासन, खड्गयात्राको साइत रहेको समितिले जनाएको छ ।
विजया दशमी २०७८ को उपलक्ष्यमा गुगलपोखरा परिवार तपाई सम्पूर्णमा सुख, शान्ति, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।




