कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ५ जनाको मृत्यु भएको हो ।
उपचारमा रहेका कास्कीका २ जना, म्याग्दीका १ जना, तनहुँका १ जना र स्याङ्जाका १ जना गरि ५ जनाको मृत्यु भएको हो ।
यसअवधिमा ६३ जना महिला र ४९ जना पुरुष गरि ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २६४ जना संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ५९ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार