गण्डकी प्रदेशमा शुक्रबार ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ६१ जना महिला र ५७ जना पुरुष गरि ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीमा सवैभन्दा धेरै ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तनहुँ र स्याङ्जामा १६–१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै गोरखामा १२ जना, नवलपुरमा ४ जना, बाग्लुङ्मा ३ जना, लमजुङ्मा २ जना र पर्वतमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्ला दिनमा लकडाउन खुकुलो भएपछि कोरोना संक्रमितहरु थपिदै गएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार