संसदमा प्रतिपक्षी दलको अवरोध खेपिरहेका सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलिय बैठक बोलाएका छन् । सभामुख सापकोटाले संसदको अवरोध अन्त्य गर्ने विषयमा शीर्ष नेतालाई छलफलमा बोलाएका हुन् ।
प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले संसदमा भएका प्रमुख दलका शीर्ष नेतालाई सोमबार दिउँसो साढे २ बजे छलफलमा बोलाएका उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
आफूले गरेको १४ सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा नेकपा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । एमालेले २३ भदौ यता प्रतिनिधिसभा अवरोध गर्दै आएको छ । एमाले अवरोधकै बीच चालु आर्थिक वर्ष २०७८÷७९ को संशोधित बजेट समेत पेश भएको छ । तर एमालेको अवरोध कायमै रहेपछि अर्को बैठक २९ भदौसम्मका लागि स्थगित भएको छ ।
एमालेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहित १४ जनालाई पदमुक्त गर्ने निर्णय सभामुखले कार्यान्वयन नगरेको भन्दै संसद् अवरोध गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार