कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर उपचारमा रहेका संक्रमितहरु मध्ये १३ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
यसअवधिमा थप ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ हजार ४२३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल २६ हजार ७५७ जना सक्रिय संक्रमितहरु उपचारमा रहेका छन् । सक्रमितहरु मध्ये ४५४ जनाको सघन उपचारकक्ष आइसियु र १४० जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
हाल नेपालमा ५१ लाख ६६ हजार बढिले कोरोना विरुद्ध खोपको पुर्ण मात्रा लगाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार