गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले गोरखामा बाढिपहिरोले क्षति पुर्याएका विभिन्न स्थानहरुको निरीक्षण गरेका छन् । निरीक्षणमा मन्त्री आचार्य सहित मन्त्रालयका सचिव रामकुमार श्रेष्ठ, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख तुल््सी बस्नेत, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालयका प्रमुख रमेशराज शर्मा लगायत सहभागी थिए ।
उक्त टोलीले गोरखा नगरपालिकाकाको वडा नं. १ र २ का कोखेआहाले, श्यामबजार, छापथोक लगाएतका ठाउँमा पहिरो प्रभावित भुगोलको निरीक्षण गरेका हुन् । सो क्रममा मन्त्री आचार्यले राजनीतिक पहुँचमा भन्दापनि सामाजिक एकता गरि सामाजिक विकासमा एकताबद्ध हुन अपिल गरे ।
योजनावद्ध ढंगले एकतावद्ध भई विकासमा सहयोग गर्न र विकासको प्राथमिकताका आधारमा योजना माग गर्न अनुरोध समेत गरे । उनले राजनीतिक रुपमा भन्दापनि सामाजीक रुपमा सचेत हुनुपर्नेमा जोड दिए ।
मन्त्री आचार्यले राजनीतिक प्रणालीको सुधार तथा परिवर्तनका खातिर शहिदहरुले पुर्याएको योगदानको उच्च कदर गरे । सो अवसरमा स्थानिय जनप्रतिनिधिहरुले योजनाको मागका साथै तत्कालका समस्याहरु बारे मन्त्री लगायत टोलीको ध्यानाकर्षण समेत गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार