नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसंग सीमा विवाद नरहेको दावी गरेका छन् । एमाले कार्यकर्ताहरुको वृहद भेलालाई सम्बोधन गर्दै उनले कसलाई खुसी पार्न चीनसंग सीमा विवाद छ भनेर भनियो भनि प्रश्न समेत गरे ।
देउवा नेतृत्वको वर्तमान सरकारले भारतसंगको सम्बन्धमा पनि बिगार्दै गएको उनले आरोप लगाए । अध्यक्ष ओलीले एमसिसि झुक्याएर पास गर्न खोजेको आरोप पनि लगाए । एमसिसिका विषयमा अहिले सरकारका मानिसहरु चुपचाप लागेको उनले बताए ।
आगामी चुनाव पश्चात अवरवादीहरुको गठजोडका सरकार फेरि फेरि बन्ने मौका पनि नदिने उनले चेतावनी दिए ।




