यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र गण्डकी प्रदेश पोखराले वैशाख १२,१३ र १४ गते बायोमेट्रिक गरि र राजश्व बुझाईसकेका परिक्षार्थीहरुको लिखित परिक्षा यहि भाद्र २५ गते गर्ने भएको छ ।
आवश्यक प्रक्रिया पुरा गरि बसेका परिक्षार्थीहरुको लिखित परिक्षा २५ गते शुक्रबार बिहान ११ बजे पार्दी स्थित कार्यालयको परिक्षा हलमा हुने कार्यालयले जनाएको छ ।





