देशभर बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबारसम्म ९१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ४६ जना पुरुष, २३ जना महिला, १० जना बालक र १२ जना बालिका रहेका छन् ।
यस अवधिमा १ सय १६ जना घाइते भएका छन् । तीमध्ये ६० जना पुरुष, ३२ जना महिला, १४ जना बालक र १० जना बालिका रहेका छन् । बाढीपहिरोमा परी २८ जना बेपत्ता छन् । तीमध्ये १७ जना पुरुष, ६ जना महिला, ४ जना बालक र १ जना बालिका रहेका छन् ।
बाढीको कारण ३ हजार १ सय ८० वटा घर डुबानमा परेका छन् । ९ सय वटा घर, १ सय ५३ वटा गोठ, ६० वटा पुल, ८ वटा विद्यालय र १४ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने १ हजार ८७ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा ५ हजार ९ सय २४ जना मानिस विस्थापित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार