कोरोना भाइरसको संक्रमण बढेसंगै बिहिबारदेखी कास्कीमा नीजि तथा सार्वजनिक सवारी संचालनमा जोर बिजोर प्रणाली लागु गरिएको छ ।
पछिल्लो समय स्मार्ट लकडाउनका नाममा बजार तथा सडकहरुमा मानिसहरुको चाप बढेसंगै कोरोना भाइरसका सक्रंमितहरु थपिदै गएका छन् । दैनिक ३ सयको हाराहारीमा कास्कीमा संक्रमितहरु थपिने गरेका छन् ।
संक्रमण रोकथामका खातिर स्थानिय प्रशासनले लकडाउनमा बिहिबारदेखी थप कडाई गरेको छ ।




