भारतमा विशेषज्ञहरुले कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने भन्दै बेलैमा सतर्कता अपनाउन सुझाव दिएका छन् ।
उनीहरुले मुलुकमा तेस्रो लहर आउने जोखिम भएको भन्दै कोरोनाका दैनिक संक्रमितको संख्या ५० हजारभन्दा कममा नै राख्न आवश्यक कदम चाल्न सरकारलाई सुझाव दिएका छन् । दैनिक नयाँ संक्रमितको संख्या ५० हजार नाघेको अवस्थामा संक्रमण नियन्त्रण गर्न कठिन हुने उनीहरुको बुझाइ छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका ३९ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । लामो समयदेखि भारतमा कोरोनाका नयाँ संक्रमित दैनिक ४० हजारको हाराहारीमा देखिँदै आएका छन् ।
त्यस्तै भारतमा कोरोना संक्रमणको कारण पछिल्लो २४ घण्टामा ५३५ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४ लाख २० हजार ५५१ पुगेको छ ।
-ok



