कोरोना विरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाजले आजबाट लगातार तीन उडान गर्दैछ । नेपाल वायुसेवा निगमका अनुसार सरकारले चीनबाट खरीद गरेको दोस्रो खेप लिन आज साँझ जहाज बेइजिङ जानेछ । यो जहाज बिहीबार काठमाडौं फर्कने छ ।
जहाज बिहीबार साँझ पुनः बेइजिङ जानेछ । सो जहाज शुक्रबार काठमाडौं आउने छ । अर्को उडान शनिबार साँझका लागि तोकिएको छ । सो जहाज आइतबार नै काठमाडौं आउने छ । वाइडबडी जहाज ए ३३९ जहाजले एक पटकमा ८ लाख भन्दा बढी खोप ल्याउने छ ।
यसअघि निगमले २५ असारमा पहिलो खेप ल्याएको थियो । सो बेला ८ लाख ९ हजार ६ सय डोज खोप नेपाल आएको थियो । सरकारले ४० लाख डोज खोप चीनबाट किनेको छ । चीनले थप १६ लाख डोज खोप अनुदानमा दिने बताएको छ ।




