काठमाडौंको चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट ४ सय ५० ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित महोतरी गौशाला नगरपालिका(८ बस्ने १९ वर्षीय मन्जित कुमार साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा।४ ख ५१४३ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
इस्तै बर्दियाको गुलरिया नगरपालिका(६ स्थित सडकबाट १ ग्राम ६ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका(७ गुलरीयागाउँ बस्ने १९ वर्षीय वारिस धोवीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । शंकास्पद रुपमा हिँडिरहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा शरीरमा लुकाई राखेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार