काठमाडौंको मित्रपार्कस्थित मानसरोबर होटलमा बस्नका लागि बा।२ ज ३५९० नम्बरको ट्याक्सीमा जाँदै गरेका झापाका ४१ वर्षीय मात्रिका चौलागाई र नवलपरासीका ३० वर्षीय बिजय पुलामी मगरको ५०र५० ग्रामको १र१ थान सुनको बाला सोमबार राति लुटपाट भएको छ ।
कतारबाट आई होटल अगाडि पुगेका उनीहरुलाई हाल अल्फाबेट नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तहरुले सुनको बिल चेक गर्नुपर्योन भन्दै बाला लुटपाट गरी फरार भएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । सो क्रममा ट्याक्सीका चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका(२८ ज्ञानेश्वरस्थित सडकमा बैदेशिक रोजगारीबाट फर्केका झापाका ३४ वर्षीय गणेश नेपालको ५० ग्रामको १ थान सुनको बाला सोमबार राति लुटपाट भएको छ । भाइ नाता पर्नेसँग बा।९२ प।३७१८ नम्बरको मोटरसाइकलमा डिल्लीबजार कालीकास्थानतर्फ आउने क्रममा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले उक्त सुनको बाला लुटपाट गरी फरार भएको बताइएको छ ।
प्रहरीले लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार