धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा सवारी दुर्घट्ना हुदाँ एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बा।५ख ३०४८ नम्बरको ट्रक र बा। प्र ०२-०२३ प ०२५४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर मोटरसाइकल चालक धादिङ खन्याबास गाउँपालिका-४ दार्खा बस्ने ३२ वर्षीय तारा बहादुर गुरुङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २१ वर्षीया अन्जु गुरुङलाई प्राथमिक स्वास्थ्य केन्द्र गजुरी हुँदै थप उपचारको लागि ट्रमासेन्टर काठमाडौं लगिएको छ ।
हाल फरार ट्रक चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार