नेकपा एमाले संसदिय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले बजेट परिमार्जन तथा व्यवस्थित नगरेसम्म आफुहरुले स्विकार नगर्ने चेतावनी दिएका छन् । एमाले संसदिय दलको कार्यालय नदिपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले विन्दु थापाले आफ्ना सांसदहरु माथी हातपात गर्ने कोशिस गरेको टिप्पणी गरे ।
प्रदेशसभा बैठक चलिरहेका बेला सभामुखले मुख्यमन्त्रीलाई विनियोजन विधेयक टेवल गर्न आदेश दिएसंगै आक्रोशित भएका प्रतिपक्ष दलका सांसदहरुले मर्यादा पालकहरुसंग धकेलाधकेल समेत गरेका दृश्यहरु सामाजिक संजालहरुमा पोष्ट गरिएका छन् । तर, पत्रकार सम्मेलनमा सचेतक अधिकारीले संसाद विन्दुथापाको प्रतिपाद मात्र गरिएको बताए । सार्वजनिक भिडियो फुटेजहरुमा पुर्व सरकारका भौतिक पुर्वाधार विकास मन्त्री समेत रहेका एमाले सांसद रामशरण बस्नेतले मन्त्रीको टेबल टिपेर प्याक्दै गरेका देखिन्छन् ।
तर, सांसद बस्नेतले त्यसलाई अस्विकार गरेका छन् । एमाले संसदिय दलले सरकार र सभामुखको रवैया खेदजनक रहेको टिप्पणी गरेको छ । सरकारले गरेका कमजोरीहरु नसच्याएसम्म र बजेटको न्यायोचित विनियोजन नभएसम्म आफुहरुले सदन चल्न नदिने एमालेले चेतावनी दिएको छ । गण्डकी प्रदेशका जनताको जिवन सुधार र विकासमा एमाले प्रतिवद्ध रहेको एमाले संसदिय दल गण्डकीले दावी गरेको छ ।




