बिहान मात्रै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ध्यानाकर्षण गराएको नेकपा एमालले संसदिय दलले गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ । पोखरा सभागृहमा चलिरहेको बुधबारको पहिलो बैठकमा सरकारको विवेकहिन विनियोजन नसच्चिएसम्म प्रदेशसभा बैठक चल्न नदिने एमालेका सांसद रामशरण बस्नेतले चेतावनी दिए ।
उनले कालो कोठामा बसेर तयार गरिएको बजेट कुनै हालतमा स्विकार गर्न नसकिने भन्दै बजेट विनियोजन तथा योजना छनौटमा सरकारले सामान्य विवेको समेत प्रयोग नगरेको आरोव लगाए । माओवादी कांग्रेस लगायतको सयुंक्त गठबन्धन प्रति आक्रोश पोख्दै उनले अनेकथरी हर्कतमा संलग्न गठबन्धन हजार वर्षसम्म नेतृत्वमा रहेपनि परिवर्तन गर्न नसक्ने ावी गरे ।
विभेदकारी र त्रुटिपुर्ण बजेट सच्याउनु बाहेक संसद चल्ने दिईने अरु कुनै विकल्पहरु नरहेको उनले चृतावनी दिए । यसअघि बिहान मुख्यमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा एमालले गण्डकी प्रदेश सरकारको स्वेत पत्रलाई झुटको पुलिन्दा भनेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार