अमेरीकी सरकारले उपहार स्वरुप पठाएको १५ लाख डोज कोरोना विरुद्धको खोप नेपाल आइपुगेको छ । अमेरीकाले कोभ्याक्स कार्यक्रम अन्तरगत जोन्सन एण्ड जोन्सन खोपको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपलब्ध गराएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कतार एयरवेजको नियमित उडानमार्फत ल्याइएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन्
अमेरिकी सरकारले उपहार स्वरुप दिएको खोप नेपाली नागरिकको जीवन रक्षाका लागि बरदान सावित हुने मन्त्री श्रेष्ठले उल्लेख गरेका छन् । प्राप्त खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी भैरहेको छ ।
नेपालका लागि अमेरिकी राजदूत बेरीले अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप उपहार स्वरुप प्रदान गरेको जनाए । राजनीतिक लाभका लागि अमेरिकाले खोपको व्यापार नगर्ने पनि उनले स्पष्ट पारेका छन् । नेपालमा हाल कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाउने काम भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार