विश्वभरका ब्राजिलियन समर्थकहरुलाई स्तब्ध बनाउदै अर्जेन्टिनाले कोपा अमेरीका २०२१ को उपाधी उचालेको छ ।
रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा आज सम्पन्न फाईनलमा ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधी हात जितेको हो । अजेन्टिनाका लागि खेलको २२ औ मिनेटमा एन्जल डि मारियाले गोल गरेका थिए ।
हारपछि ब्राजिलका खेलाडीहरु भावुक हुदै मैदानबाट बाहिरिएका छन् । अजेन्टिनाले कोपा अमेरीकाको उपाधी २८ वर्ष पछि जितेको हो ।




