पछिल्लो २४ घण्टामा विश्वभर गएका २० ठुला भुकम्पहरु मध्ये नेपालमा गएको भुकम्प तेस्रो ठुलो मापन गरिएको छ । भोल्क्यानो डिस्कभरीका अनुसार विहानै नेपालको लमजुङ केन्द्र विन्दु भएर गएको ५.८ रेक्टरस्केलको भुकम्प विश्वभर गएका भुकम्पहरु मध्ये तेस्रो ठुलो मापन गरिएको हो ।
पछिल्लो २४ घण्टामा सवैभन्दा ठुलो भुकम्प भने दक्षिण पुर्वी प्रशान्त क्षेत्रमा ६.१ रेक्टरस्केलको गएको छ । यस्तैमा दोस्रोमा न्युजिल्याण्डले ५.९ रेक्टरस्केलको भुकम्पको सामाना गरेको छ, भने तेस्रो ठुलो भुकम्प नेपालमा गएको हो ।

त्यसपछि लगातार न्युजिल्याण्डमा ५.६, ५.१ र ५.१ रेक्टर स्केलका भुकम्पहरु गएका छन् । यस्तै चीन, अलस्का, दक्षिण पुर्वी अफ्रिका, पेरु, जापान र इन्डोनेसिया लगायतका देशहरुमा ठुला स्केलका भुकम्पहरु गएका जनाईएको छ ।
नेपालमा गएको ५.८ रेक्टरस्केलको भुकम्प भने २०७२ सालमा गएको महाभुकम्पको पराकम्प भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि लगातार भुकम्पका पराकम्पहरु आईरहेका छन् ।




