कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण विश्वभर झण्डै ३४ लाख मानिसहरुको मृत्यु भएको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दासम्म कोरोना भाइरसको संक्रमणसंग सम्बन्धित मृत्युको संख्या ३३ लाख ९४ हजार पुगेको छ ।
यस भाइरसबाट संसारभरका १६ करोड ३७ लाख १८ हजार बढि मानिसहरु संक्रमित भएका वल्डोमिटरको तथ्यांकले देखाएको छ । जसमध्ये १४ करोड २१ लाख ६३ हजार मानिसहरु संक्रमण मुक्त भएका छन् । झण्डै २ करोडको उपचार भैरहेको छ । उनिहरु मध्ये १ लाख बढिको अवस्था गम्भिर रहेको छ ।
विश्वव्यापी रुपमा यसको निको हुने दर ९८ प्रतिशत रहेको छ भने, २ प्रतिशत मानिसहरुले ज्यान गुमाएका छन् । अमेरीका, भारत र ब्राजिल सवैभन्दा धेरै प्रभावित भएका छन् । हालसम्म यसको संक्रमण विश्वका २२२ वटा देशहरुमा फैलिसकेको छ । पहिलो पटक यो सन् २०१९ को अन्तिम तिर चिनको वुहान शहरमा देखिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार