विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ लाख ५ हजार बढि पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण २६ लाख ५ हजार १ सय बढिको मृत्यु भैसकेको छ । ११ करोड ७४ लाख ३७ हजार बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित भएका छन् ।
हालसम्म ९ करोड २९ लाख ४६ हजार बढि मानिसहरु संक्रमणमुक्त भएका छन् भने, २ करोड १८ लाख ८६ हजार बढिको उपचार भैरहेको छ । उनिहरु मध्ये ९० हजार बढिको अवस्था गम्भिर रहेको छ । २ करोड १७ लाख बढिको अवस्था भने सामान्य रहेको वल्डोमिटरले जनाएको छ ।
हालसम्म सवैभन्दा धेरै अमेरीका, भारत र ब्राजिल यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २२१ देशमा फैलिएको छ ।




