सातौं संस्करणको प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगितामा नेपालगन्जमा आजदेखि सुरु हुँदैछ । बाँके जिल्ला भलिबल संघको आयोजनामा फागुन २५ गते सम्म नेपालगन्ज रंगशालाको कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहनेछ ।
प्रतियोगीतामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब सहित होगांजी न्यू डायमण्ड क्लबले प्रतिस्पर्धा गर्नेछन् । साथै स्थानीय टोली लुम्बिनी युनाइटेडले पनि यसपटक चर्चित क्लबहरुसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

यस पटकको विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।
दक्षिण एसियामा नम्बर एक क्लब च्याम्पियन सिपका रुपमा प्रधानमन्त्री कपलाई स्थापना गर्ने उद्देश्यका साथ व्यवस्थापनलाई विशेष ध्यान दिएको आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताएका छनन् ।
मिस नेपाल नम्रता श्रेष्ठ सातौं प्रधानमन्त्री कपको सदभावना दूतको रुपमा छिन् । सगरमाथा टाइटल स्पोन्सर रहेको प्रधानमन्त्री कपको सातौं संस्करणमा राष्ट्रिय वाणिज्य बैंक पावरड बाई पार्टनर रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार