विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ लाख ४२ हजार बढि पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण २५ लाख ४२ हजार ५५६ बढिको मृत्यु भैसकेको छ । ११ करोड ४६ लाख ७४ हजार बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित भएका छन् ।

हालसम्म ९ करोड २ लाख २८ हजार बढि मानिसहरु संक्रमणमुक्त भएका छन् भने, २ करोड १९ लाख ३ हजार बढिको उपचार भैरहेको छ । उनिहरु मध्ये ९० हजार २ सय बढिको अवस्था गम्भिर रहेको छ । २ करोड १८ लाख बढिको अवस्था भने सामान्य रहेको वल्डो मिटरले जनाएको छ ।
हालसम्म सवैभन्दा धेरै अमेरीका, भारत र ब्राजिल यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २२१ देशमा फैलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार