स्याङ्जाको तल्लो वालिङमा ४ युवा खेलाडीहरुको संयुक्त १ करोड लागतमा वालिङ फुटसल सञ्चालनमा आएको छ । पछिल्लो समय युवा पुस्तामा लोकप्रिय बन्दै गएको फुटबलको सानो रुप फुटसलको क्रेज बढेसँगै स्याङ्जाको वालिङ नगरपालिका वडा ९ तल्लो वालिङमा शुक्रबार देखी औपचारिक रुपमा फुटसल सेन्टर सञ्चालनमा ल्याईएको हो ।
वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँडले अन्र्तराष्ट्रिय मापडण्ड अनुसार निर्मित सो फाईभ ए साईड फुटसल सेन्टरको विधिवत उद्घाटन गरे । सो अवसरमा बोल्दै नगर प्रमुख खाँडले स्वास्थ्यको पक्षमा फुटसलले सकरात्मक भुमिका खेल्ने बताए । उनले यसअघि वालिङ बजारमा एक वटा मात्रै फुटसल सेन्टर सञ्चालनमा रहेको बताउदै नयां वालिङ फुटसल थपिनुले युवाहरुको माझमा फुटसलको क्रेज बढ्दै गएको स्पष्ट हुने धारणा राखे ।


वालिङ बजारमा दोस्रो फुटसल सेन्टरको रुपमा सञ्चालनमा आएको उक्त फुटसल साढे तीन रोपनी जग्गामा फैलिएको बताउदै अन्र्तराष्ट्रिय मापडण्ड अनुसार नै निर्माण गरिएको सञ्चालक सोम बहादुर मल्ल (विमल) ले बताए । उनका अनुसार उक्त फुटसलका प्रशस्त पार्किङ, क्यान्टिन, स्पोर्टस् पसल तथा राती खेल्न मिल्ने गरि यथेस्ट फग लाईट जडान गरिएको छ ।
उनले फुटबल क्षेत्रमा करिअर बनाउन चाहने वालिङ लगायत आसपासका खेलाडीहरुलाई उक्त फुटसल सेन्टर राम्रो प्लेटफर्म बन्न सक्ने बताए । उनले शुपथ मुल्यमा व्यवसायिक खेल खेलाईने बताउदै प्रतिघण्टा १ हजार ३ सय रुपैया शुल्क निर्धारण गरिएको जानकारी दिए । उक्त फुटसलमा हिमालयन शेर्पाका पुर्व खेलाडी समेत रहेका विमलसँगै अन्दाज थकाली, अनिशमान श्रेष्ठ र विरेन्द्रध्वज मल्लको संयुक्त लगानी रहेको छ ।
पूर्व राष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङ सम्मानित


फुटसल सेन्टरको उद्घाटन समारोहका बिच पूर्व राष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङ सम्मानित भएका छन् । राष्ट्रका लागि खेल्दै आफ्नो जिवन फुटबल क्षेत्रमा सुम्पेका गुरुङलाई अवकाश पछि समेत विभिन्न कार्यक्रम र अभियान मार्फत फुटबल क्षेत्रको विकासमा टेवा पुर्याएको भन्दै वालिङ फुटसल प्रालिले दोसल्ला सहित सम्मान पत्रद्वारा विभुषित भएका हुन् । गुरुङसँगै अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवम् वालिङ फुटसलका वरिष्ठ सल्लाहकार एलबी ज्वारचन, वालिङ नगरपालिकाका फुटबल प्रशिक्षक दिलिप थापा सम्मानित भए ।
मैत्रीपूर्ण फुटसलमा वालिङ भेट्रान्स विजयी


फुटसलको औपचारिक उद्घाटन समारोह पश्चात बगर भाईखलक पोखरा र वालिङ भेट्रान्स बिच सम्पन्न भएको मैत्रीपूर्ण खेलमा वालिङ भेट्रान्स विजयी बन्यो । निर्धारित ५ क्वाटरको (७५ मिनेट) खेलमा दुवै टिमबाट १०–१० गोलको बराबरी भएपछि ट्राईबेकरमा ३¬–२ गोल अन्तरले बगर भाईखलकलाई पराजित गरेको थियो । अन्तिर चार क्वाटरसम्म भने बगर भाईखलकले वालिङ भेट्रान्सलाई २ गोलले पछि पारेको थियो । तर अन्तिम क्वाटरसम्म खेललाई रोक्न नसक्दा जितको नजिता निर्धारण गर्न खेल ट्राईबेकरमा ढकेलिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार