आहा–रारा गोल्डकप फुटबल प्रतियोगीताको १९ औँ संस्करण आगामी चैत्रमा हुने भएको छ । आयोजक साहारा क्लवका अनुसार सो प्रतियोगीता आगामी चैत्रको १७ देखी २८ गतेसम्म हुने भएको हो ।
प्रतियोगीतामा विदेशी टिम, ए डिभिजन लिगका टिमहरु, मोफसलका टिम र आयोजक साहारा क्लवले सहभागीता जनाउने छन् । प्रतियोगीतामा १ करोड ३० लाख १ हजार रुपैयाँ आम्दानी र १ करोड २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगीता मार्फत बचत रकम साहारा एकेडेमी संचालनार्थ खर्च गरिने अध्यक्ष केशव बहादुर थापाले जानकारी दिए । प्रतियोगीतामा अघिल्लो गत वर्ष मनाङ मर्यास्ङदी क्लव विजेता र नेपाल पुलिस क्लव उपविजेता भएका थिए ।




