यसवर्षको पर्वतीय खेलकुद महोत्सव गण्डकी प्रदेशमा हुने भएको छ । माउन्टेन स्पोर्टस फेडेरेशनका अनुसार नेपालमा परम्परागत, सहासिक तथा पर्यटकिय खेलकुदको माध्यमद्वारा दिगो पर्यटनको प्रवद्र्धनका खातिर यो महोत्सव आयोजना गर्न लागिएको हो ।
विगत सात वर्ष देखि पर्वतीय खेलकुद महोत्सव विभिन्न कार्यक्रमका साथ मनाउदै आईरहेको आयोजक संस्थाले जनाएको छ । यस पटक महासंघले आठौं संस्करणको पर्वतीय खेलकुद महोत्सव गर्न लागेको हो ।
आठौं सस्करणको माउन्टेन स्पोर्टस फेस्टिभल गण्डकी प्रदेशमा आयोजना गर्ने सम्वन्धमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ र आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङसंग आवश्यक परामर्श लिईएको महासंघले जनाएको छ ।
गण्डकी प्रदेशमा हुने प्रतियोगिताका लागि सम्वन्धित खेल संघका प्रतिनिधी सम्मिलित १७ सदस्यिय व्यवस्थापन समिती गठन गरिएको छ । सो अन्तर्गत माउन्टेन स्पोर्टस फेडेरेशनका प्रदेश संयोजक समेत रहनुभएका गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट सहितको ६ सदस्यिय सचिवलाय पनि कार्यदल गठन गरिएको छ ।
माउन्टेन स्पोर्टस फेस्टिभल अन्तर्गत परम्परागत आर्चरी, ठेलो, क्यानोनिङ, रक क्लाइम्बिङ, क्यानोइङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्रि रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, ट्राइयाथलन, गल्फ, स्केट वोर्डिङ लगाएतका १५ खेलहरु प्रस्ताव गरिएका छन् ।
फेस्टिभल सम्पन्न गर्न १ करोड ८८ लाख खर्च लाग्नेछ ।




