विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ लाख ५५ हजार बढि पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरसको संक्रमणका कारण १३ लाख ५५ हजार ७७८ बढिको मृत्यु भैसकेको छ । ५ करोड ६६ लाख १४ हजार बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित भएका छन् ।
हालसम्म ३ करोड ९४ लाख १० हजार बढि मानिसहरु संक्रमणमुक्त भएका छन् भने, १ करोड ५८ लाख ४८ हजार बढिको उपचार भैरहेको छ । उनिहरु मध्ये १ लाख १ हजार ४ सय बढिको अवस्था गम्भिर रहेको छ । १ करोड ५७ लाख बढिको अवस्था भने सामान्य रहेको वल्डोमिटरले जनाएको छ ।
हालसम्म सवैभन्दा धेरै अमेरीका, भारत र ब्राजिल यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २२० देशमा फैलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार