पहिलो खेलमा हार ब्यहोरेको नेपालले आज फेरी बंगलादेशसंग दोस्रो अन्तराष्ट्रिय मैत्रीपुर्ण खेल खेल्दैछ । नेपाल र बंगलादेशबीचको खेल आज नेपाली समयअनुसार साँझ ५ बजे ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुनेछ ।
शुक्रबार भएको पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित भएको नेपाल दोस्रो खेलमा जित हात पार्दै सिरिज बराबरी गर्ने लक्ष्यमा छ । केही सिनियर खेलाडीहरु टिममा नहुनु र फिटनेसमा पनि कमजोर देखिएको नेपालले पहिलो खेलमा राम्रो प्रदर्शन गर्न सकेन ।
रंगशालामा उपस्थित हजारौँ घरेलु दर्शकका कारण पनि बंगलादेश पहिलो खेलमा उत्साहित देखियो । नेपालका अन्तरिम मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पनि दोस्रो खेल जित हात पार्ने लक्ष्य रहेको बताएका छन्।
२०२२ मा कतारमा हुने फिफा विश्वकप र २०२३ मा चीनमा हुने एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत २०२१ मा हुने समूह चरणको बाँकी खेलको तयारी स्वरुप नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल खेलिएको हो । यस्तै फिफा वरीयतामा पनि यो दुई खेलले प्रभाव पार्नेछ ।




