इन्डियन प्रिमियर लिग आइपिएलको उपाधीका लागि दिल्ली क्यापिटल्सले आज मुम्बई इन्डियन्ससंग खेल्दैछ । खेल दुवई अन्तराष्ट्रिय क्रिकेट रंगशाला युएइमा नेपाली समयअनुसार बेलुकी पौने आठ बजे सुरु हुनेछ ।
दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आइपिएलको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो । गयराती सम्पन्न दोस्रो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाउँदै इतिहास रचेको हो ।
मुम्बईले पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।




