विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या ४ करोड नाघेको छ । वल्डो मिटरका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड २ लाख ८१ हजार ७ सय नाघेको हो ।
यो समाचार तयार गर्दासम्म कोरोना भाइरस संक्रमणका कारण ११ लाख १८ हजार बढि मानिसको मृत्यु भएको छ । ३ करोड १ लाख बढि मानिसहरु संक्रमणमुक्त भएका छन् ।
९० लाख ४६ हजार बढि संक्रिय संक्रमितहरुको उपचार भैरहेको छ । उनिहरु मध्ये झण्डै ७२ हजारको अवस्था चिन्ताजनक रहेको छ ।




