६५औं प्रहरी दिवस २०७७ को अवसरमा आज ‘स्वास्थ्य, अनुशासन, एकता र सद्भावको लागि खेलकुद’ भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यालय, कास्कीको आयोजनामा कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु बिच ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने, तनाव व्यवस्थापन गर्ने तथा एक आपसमा भाईचाराको भावना विकास गरी शारिरीक तथा मानसिक रुपमा सवल बनाउने अभिप्रायले जिल्ला प्रहरी कार्यालय, कास्कीको आयोजनामा सो कार्यक्रम सम्पन्न गरिएको प्रहरी प्रमुख एसपि जिवन कुमार श्रेष्ठले जनाकारी दिए ।
http://googlepokhara-com.stackstaging.com/gandaki-coivd-126/
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल, नेपाली सेना भगवती दल गण पोखराका प्रमुख सेनानी दिवाकर कार्की, सशस्त्र प्रहरी बल नेपाल नं.२४ गण पोखराका सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेत, राष्ट्रिय अनुसन्धान बिभाग जिल्ला कार्यालय कास्कीका उप अनुसन्धान निर्देशक नविन अधिकारी र संचारकर्मीहरुको समेतको सहभागतिा रहेको प्रहरी प्रवक्ता डिएसपी सुवास मल्लले जनाकारी दिए ।
९२ जनाको सहभागीता रहेको दौडमा वडा प्रहरी कार्यालय बगरमा कार्यरत प्रहरी जवान लोक बहादुर वि.क प्रथम, ईलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकमा कार्यरत प्रहरी कार्यालय सहयोगी धन बहादुर राना मगर द्वितीय, ईलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकमा कार्यरत प्रहरी जवान सुचनमान सिंह बस्न्यात तृतीय, विमानस्थल सुरक्षा गार्ड पोखरामा कार्यरत प्रहरी हवल्दार अर्जुन पौड्याल चौथो, विमानस्थल सुरक्षा गार्ड पोखरामा कार्यरत प्रहरी जवान कमल शाही पाँचौं भएका छन् ।

http://googlepokhara-com.stackstaging.com/gandaki-gov-news/



