पोखरामा निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थलको निर्माण प्रगति ६२ प्रतिशत पुगेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार लकडाउनका बीचमा विमानस्थलको निर्माण कार्य निरन्तर जारी छ ।
http://googlepokhara-com.stackstaging.com/covid-death-49/
अहिले विमानस्थल निर्माणमा झण्डै ३ सय ५० जना कामदार खटिएका छन् । त्यसमध्ये २ सय ४४ जना चिनियाँ र १ सय जना नेपाली कामदार रहेका ओयोजनाले बताएको छ ।
जुन २०२१ मा सक्ने लक्ष्य राखिएको पोखरा विमानस्थल निर्माणको काम सन्तोषजनक रहेको मन्त्री योगेश भट्टराईले बताएका छन् ।

http://googlepokhara-com.stackstaging.com/covid-19000/
विमानस्थलमा अहिले टर्मिनल भवन निर्माणको काम जारी रहेको छ । राष्ट्रिय गौरवको यस आयोजना कुल २१ अर्ब रुपैयाँ लागतमा निर्माण हुन लागेको हो ।
यसको निर्माण सम्पन्न भएर सेवा सुरु भएपछि पोखरा र यस आसपासको पर्यटन विकासमा ठुलो योगदान पुग्ने अनुमान गरिएको छ ।



