नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कम्पनीको अधिकृत पुँजी ५० अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको छ । निगम सञ्चालक समितिले अधिकृत पुँजी बढाएर ५० अर्ब पुर्याउने निर्णय गरी तालुक मन्त्रालयमा सिफारिस गरेको हो ।
अब यो सिफारिसलाई मन्त्रालयले रायका लागि अर्थ मन्त्रालय र कानुन मन्त्रालय लैजानेछ । त्यसपछि मन्त्रिपरिषद् जानेछ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि यसलाई राजपत्रमा प्रकाशित गर्ने प्रावधान रहेको छ ।
http://googlepokhara-com.stackstaging.com/mishra/
त्यससछि निगमको अधिकृत पुँजी ५० अर्ब पुग्नेछ । अहिले नेपाल एयरलाइन्सको अधिकृत पुँजी मात्र ३२ करोड रुपैयाँ रहेको छ ।
स्थापनाको समययता निगमको संस्थागत संरचनामा समयानुकुल परिवर्तन नगर्दा कम्पनीको दायित्व निकै धेरै भइसक्दा समेत अधिकृत पँुजी थोरै रहेको छ । जसले गर्दा निगमले आफ्नो योजना अनुसार रणनीतिक साझेदार भित्राउन सकेको छैन भने सरकारबाट पनि कम्पनीमा लगानी हुन सकेको छैन ।
सरकारले निगममा थप लगानी गर्ने बाटो पनि खुल्ने र दीर्घकालिन रुपमा संस्थागत संरचनामा समेत सहयोग पुग्ने गरी अधिकृत पुँजी बढाउने निर्णय भएको नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष सुशील घिमिरेले जानकारी दिए ।
http://googlepokhara-com.stackstaging.com/covid-news-3/
अधिकृत पुँजीको तुलनामा निकै ठूलो ऋण दायित्व देखिँदा त्यसले निगमको आर्थिक अवस्था सधै नकारात्मक देखिने भएकाले बाहृय लगानीकर्ताका दृष्टिकोणबाट निगमको अवस्था डरलाग्दो देखिन्छ ।
तर, वास्तविकता त्यस्तो नभएका कारण पनि अधिकृत पुँजी बढाउने निष्कर्षमा निगम पुगेको हो ।
-onlinekabar




