नेपाल एयरलाइन्सले आउदो १५ साउनपछि आफूसँग रहेका चिनियाँ जहाज नउडाउने निर्णय गरेको छ । कम्पनीले कुनैपनि व्यवसायिक लाभ लिन नसकेको निष्कर्ष निकाल्दै जहाज उडाउन नसक्ने निष्कर्षमा पुगेको सञ्चालक समितिले बताएको हो ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-1305/
चीनबाट २ वटा जहाज अनुदान र ४ वटा जहाज सहुलियतपूर्ण ऋण सहायतामा नेपाल ल्याईएको थियो । त्यसमध्ये १७ सीट क्षमताका ४ वटा वाइ १२ ई र ५६ सीट क्षमताका एमए ६० दुई वटा जहाज कम्पनीसँग रहेका छन् ।
http://googlepokhara-com.stackstaging.com/covid-17658/
यी जहाजको बिक्रीपछिको सेवा उपलब्ध हुन नसकेको, चीनबाहेक अन्य मुलुकमा जहाज मर्मत केन्द्र नभएको र नेपालमा भौगोलिक कारणले समेत चिनियाँ जहाजको प्रदर्शन सन्तोषजनक नभएको निष्कर्षमा नेपाल एयरलाइन्स पुगेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार