नेपाल आयल निगमले चालु आर्थिक वर्षमा मात्र रु.६ अर्ब भन्दा धेरै नाफा कमाएको छ । सबै प्रकारका खर्चहरु कटाएर निगमले चालु आर्थिक वर्षमा उक्त नाफा आर्जन गरेको हो ।
निगमका निमित्त नायव कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार निगमको कुनै ऋण दायित्व बाँकी छैन र कुल २ खर्ब ४० अर्बको कारोबार गर्दा निगमलाई ६ अर्ब हाराहारी नाफा बस्छ ।
सरकारलाई बुझाउने आयकर समेत कटाएर निगमको खुद नाफा ६ अर्ब भन्दा माथि हुने निगमको अनुमान छ ।
http://googlepokhara-com.stackstaging.com/covid-19-16719/
पेट्रोलियम पदार्थ खरिद गर्दा यसअवधिमा निगमले डेढ खर्ब रुपैयाँ भारतीय आयल कर्पोरेसनलाई बुझाएको छ ।




